कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए ।

उनका अनुसार प्रहरीहरु विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ ।

चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको बताए ।

उनले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागु औषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =