४८ सांसद लिएर केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब बढेको छ ।

कार्कीले संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित दबाब दिन ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सशरीर उपस्थित भएर उनीहरूले मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन लागेका हुन् । कार्की र नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सकिँदा पनि प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =