प्रदर्शनमा उत्रिएका १६ जना मानवअधिकारकर्मीहरू प्रहरीको नियन्त्रणमा
२०८० असोज २६ गते

काठमाडौँ । सिंहदरबार गेट अगाडि प्रदर्शनमा उत्रिएका १६ जना मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा सिंहदरबार ‘घेर्न’ पुगेका उनीहरुलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेट अगाडिबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
प्रहरीले नियन्त्रणमा लिएकामा १४ जना पुरुष र २ जना महिला छन्।
उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ।

२०८० असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








