पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको बताए । उनले पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको बताए ।

उनले भने, ‘पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा विज्ञता हासिल गरेका तपाईहरुको देशका लागि ठूलो आवश्यकता छ । गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको छ । साथै ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरुमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ । नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईहरुको प्रतिनिधित्व गराउन, तपाईहरुको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =