इजरायली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत

काठमाडौँ । इजरायली प्रधानमन्त्री र विपक्षी नेता आपत्कालीन एकता सरकार गठन गर्न सहमत भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता तथा पूर्व रक्षामन्त्री बेन्नी गान्ट्जबीच आपत्कालीन एकता सरकार र युद्ध मन्त्रीपरिषद् गठन गर्ने सहमति जुटेको हो ।

युद्ध मन्त्रीपरिषद्मा तीन सदस्यहरु हुनेछन् । प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री योभ ग्यालान्ट र गान्ट्ज रहेका छन् । नेतान्याहुले गाजाको सत्तारुढ गुट हमाससँग चलिरहेको द्वन्द्वसँग सम्बन्धित कुनैपनि विधेयकलाई अघि नबढाउन सहमत भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =