लाइबेरियामा आम निर्वाचनपछिको मत गणना जारी

काठमाडौँ । पश्चिम अफ्रिकी देश लाइबेरियामा आम निर्वाचनको मत गणना शुरु भएको छ ।

उम्मेदवारका प्रतिनिधि र स्वतन्त्र पर्यवेक्षकहरुको उपस्थितिमा मत गणना शुरु भएको राष्ट्रिय निर्वाचन आयोग (एनइसी) का प्रमुख डेभिडेटा लान्सानाहले बताए । उनले देशभरका निर्वाचन कार्यालयबाट पठाइएको डाटा मुख्यालयमा गणना भइरहेको बताए

देशका सबै १५ वटा प्रान्तहरुमा २४ लाख भन्दा बढी नागरिकले मतदन गरेका थिए । वर्तमान राष्ट्रपति जर्ज वेहले पुनः उम्मेदवारी दिएका छन् । पूर्वउपराष्ट्रपति जोसेफ बोकाइ उनको प्रतिपक्षी छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =