प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार अभियोगमा असइलाई ६ वर्ष कैदको फैसला

नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्नेलाई विशेष अदालतले कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट यस्तो सजाय निर्धारण भएको हो।

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई ६ वर्ष कैद सुनाएको छ। प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप थियो।

उक्त मुद्दामा फैसला गर्दै विशेषले १५ असोजमा कसुर कायम गरेको थियो।

विशेषका अनुसार कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने फैसलामा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई प्रतिवादी बनाई ३१ साउन २०७८ मा मुद्दा चलाएको थियो। उनले बिक्री भएको तेलको वास्तविक हिसाब नदेखाई एक करोड तीन लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =