सर्लाही र बाँकेमा एकैदिन फेरिए सिडिओ र प्रहरी प्रमुख

धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौती देखिएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएका छन् ।

गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सिडिओ पठाएको थियो ।

सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएका थिए ।

लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =