युद्धमा फसेका २५३ नेपाली बोकेर इजरायलबाट उड्यो जहाज

काठमाडौं । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए ।

मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ ।

आज राति १ः३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन्। उनीहरू सुरक्षित छन् ।

दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =