रिगलको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा सुरु

काठमाडौं । ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रो पटक सुरु भएको हो ।

यसअघि गत बिहीबार (असोज १८ गते) प्रारम्भिक सुनुवाइ भएको थियो । आजको पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ ।

गत बिहीबारको न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग माफीको बारेमा निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =