अख्तियारका प्रमुख आयुक्तलाई रवि लामिछानेका प्रश्नै–प्रश्न

मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छः सभापति लामिछाने

काठमाडौँ । राज्य व्यवस्था समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्नैप्रश्न तेर्स्याएका छन् ।

बुधबार बसेको बसेको समिति बैठकमा उनले लडाकु शिविरको भ्रष्टाचार, वाइड बडी खरिदमा भ्रष्टाचार, यति/ओम्नी प्रकरण लगाायतका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई प्रश्न गरेका हुन् ।

उनले लडाकु शिविरको भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन् ।

संसदीय समितिमा बोल्दै उनले भने, ‘लडाकु शिविरको भ्रष्टाचार छानबिन कहाँ पुग्यो ? अख्तियारको नेतृत्व परिवर्तन भएपछि रोकियो कि !’

लेखा समितिले वाइड बढी खरिदमा ४ अर्ब अनियमितता भएको प्रतिवेदन बुझाए पनि त्यसमा के कस्तो प्रगति भयो भनेर उनले सोधेका छन् ।

‘वाइड बडी खरिदमा लेखा समितिले ४ अर्ब अनियमितता भएको प्रतिवेदन दियो । यसमा के भयो?’, उनले भने, ‘यति प्रकरण र ओम्नीमा थप छानबिन भयो कि भएन ?’

अख्तियारले मुद्दा दायर गर्ने रेट घटेको भन्दै उनले यसको कारण के हो भनेर उनले प्रश्न गरेका छन् ।

‘अख्तियारले मुद्दा दायर गर्ने दर घट्यो । किन ? आयुक्तहरू कसैलाई खुसी पार्ने कमिटमेन्ट गरेर आउनु भएकाले हो कि ? कसैले रोकेको हो कि?’, उनले भने ।

विगतमा एन्फा अध्यक्षले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको लेखा समितिले रिपोर्ट दिए पनि अख्तियारले वेवास्ता गरेको उनको आरोप छ ।

‘फिफाले परिवारिक लेनदेन गरेको भनेर १० वर्ष प्रतिबन्ध लगायो । विदेशीले देख्ने, नेपालको अख्तियारले किन देखेन ?’, उनले प्रश्न गरेका छन् ।

यस्तै लामिछानेले मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए । उनले भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने बताए । उनले कुनैपनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने बताए ।

उनले भने ‘मन्त्रीपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ रु भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन । हेर्नु हुँदैन भन्ने होइन । गलत चिज कुनैपनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =