इजरायलबाट विद्यार्थी ल्याउन आज राति जहाज पठाइने

काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ ।

बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो ।

घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ ।

उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन् ।

उनका साथीहरूको सहयोगमा तेल अभिभस्थित नेपाली दूतावासले विभिन्न अस्पतालमा विपिनको खोजी गरिरहेको छ ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । हमासको आक्रमणपछि उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २६५ विद्यार्थी गरी ४ हजार ७६५ जना नेपाली छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =