आगलागी हुँदा लाखौँ रूपैयाँको धनमाल जलेर नष्ट

काठमाडौँ । झापा, मेचीनगर नगरपालिका–६ स्थित खानेपानी कार्यालयको भवनमा पानी तान्ने २ वटा विद्युतीय मोटरमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

डडेल्धुरा, अमरगढी नगरपालिका–४ खलङ्गा बस्ने ४३ वर्षीय कमल गुरुङको
कालिका मदिरा डिलर तथा खुद्रा पसलमा गएराति आगलागी भएको छ ।

आगलागीबाट पसलको काउन्टर, र्याक, विभिन्न खुद्रा सामान जलेर नष्ट भएका छन् भने क्षतिको पूरा विवरण हाल आउन बाँकी रहेको छ ।

साथै आगोले जलेर सामान्य घाइते भएका गुरूङको डडेल्धुरा अस्पताल डडल्धुरामा उपचार भइरहेको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =