राष्ट्रिय सभाको बैठक स्थगित, यस्तो छ कारण
२०८० असोज २३ गते

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
राष्ट्रिय शोकका कारण असोज २६ गतेसम्म बैठक स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
‘आज मिति २०८० साल असोज २३ गते मङ्गलबार बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक राष्ट्रिय शोक पर्न गई बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयको सूचनामा भनिएको छ ।
२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








