यी हुन् इजरायलको युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरिएको ३२ नेपाली

काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरूलाई तेल अभितर्फ लगिएको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरूकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =