सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि पर्यो : अध्यक्ष खड्का

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताएका छन् ।

सोमवार चलचित्र निर्माता सङ्घको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्यसँग चलचित्रकर्मीहरूले राखेका मागहरू शुन्यप्राय भएको बताए । उनले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताए ।

उनले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौती रहेको पनि बताए । उनले नेपाली चलचित्रलाई राज्यले गहनाको रूपमा मात्रै बुझ्ने गरेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘नेपाली चलचित्रहरूको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ । राज्यसँग हामीले राखेका मागहरूको सम्बन्धमा सुनुवाइ शुन्यप्रायः छ । सरकार गम्भीर नहुँदा उद्योग पछि परेको छ । सरकार गम्भीर भइदियोस् । नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौती छन् । बाहिरको त कुरै छोडौँ । नेपाली चलचित्रलाई राज्यले र केही मानिसले गहनाका रूपमा बुझ्नुहुन्छ, चलचित्र क्षेत्र गहना होइन, २१ औँ शताब्दी सशक्त माध्यम हो, साहित्य, सिर्जना मात्रै बोक्दैन, पर्यटन, राष्ट्रियता, राष्ट्रका कुरा बोकेको छ । देशको मेरुदण्ड हो ।’

अध्यक्ष खड्काले चलचित्र क्षेत्र गहना नभई राज्यको मेरुदण्ड भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *