नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सार्दै इजरायली सेना(भिडिओ)
२०८० असोज २२ गते

काठमाडौं । इजरायलमा बङ्करभित्र रहेका ११ जना विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।
इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका उनीहरूमध्ये ६–७ जनाको उद्धार भइसकेको र बाँकीको केही बेरमा उद्धार हुने नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए ।
उनीहरू त्यहाँ शनिवार बिहान ७ बजेदेखि थिए । ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए ।
कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।
इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








