एमालेद्वारा इजरायल घटनाको भर्त्सना, तत्काल उद्धार गर्न माग
२०८० असोज २२ गते

काठमाडौं । नेकपा (एमाले) ले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार घटाइएको घटनाको भर्त्सना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै सो भर्त्सना गरेका हुन् ।
हमास समूहको आक्रमणले समस्या घटाउनुभन्दा थप बढाउने भन्दै अध्यक्ष ओलीले इजरायल घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
घटनामा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न, अप्ठेरोमा परेकाहरूको तत्काल उद्धार र ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याई परिवारका सदस्यलाई बुझाउने सुनिश्चितता गर्न उहाँले सरकारसँग माग गरे ।
“दसैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु” अध्यक्ष ओलीले विज्ञप्तिमा भनेका छन् ।

२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








