बंकरमा लुकेर बसेका नेपाली विद्यार्थीसँग प्रचण्डले गरे भिडिओ कल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन् ।

कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन् ।

उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराए। उनले सरकारले गरेको प्रयासका बारेमा त्यहाँ रहेका विद्यार्थीहरूलाई पनि कम्युनिकेट गरिदिन सुवेदीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =