बङ्करमा लुकेका नेपालीको हारगुहार– हामी मर्न चाहन्नौँ, उद्धार गरिदिनुहोस्

काठमाडौं । इजरायलमा रहेका नेपालीहरूले उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् ।

सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका छन् ।

आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन् ।

‘तीन दिन देखि यहाँ छौँ । ५ जना छौँ । एम्बेसी उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौँ’ उनी भन्छन्, ‘बङ्करमा ती मिसाइल खस्दा दर्शदान हुन्छ ।’

१० जनाको ज्यान गइसकेको भन्दै आफूहरू पनि असुरक्षित रहेको उनी बताउँछन् ।

‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

धेरै समय बङ्करमा पनि रहन नसके उनीहरू बताउँछन् । ३९ जनामा १० जना गुमाइसकेको भन्दै बचेकाहरूलाई उद्धार गर्ने उनले आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =