इजरायल द्वन्द्वबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक जारी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक बसिरहेको छ । मन्त्रालयमा इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन गठित समन्वय संयन्त्रको बैठक बसिरहेको हो ।

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =