लाग्यो दसैँमा घर जाने दिनको टुङ्गो (तस्बिरहरू)
२०८० असोज २२ गते

काठमाडौं । दसैँमा घर जाने टिकट लिनेहरूको गोंगबुस्थित नयाँ बसपार्कमा भीड लागेको छ । सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेपछि बिहानैदेखि नै टिकट बुकिङ गर्नेहरूको भीड लागेको हो ।
लाइनमा उकुसमुकुस भए पनि घर जाने दिन नजिकिएपछि यात्रुहरू उत्साहित देखिएका छन् । यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् ।
दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो ।

२०८० असोज २२ गते
प्रतिक्रिया








