किन रोकियो ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ ?

काठमाडौं । कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ ।

नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =