आठ लाख नगद र लागुऔषधसहित पाँचजना पक्राउ
२०८० असोज २१ गते

काठमाडौं । मकवानपुर प्रहरीले नगद ८ लाख र लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्तीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका– ८ बस्ने ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङबो, पर्साको ठोरी गाउँपालिका– ८ बस्ने ३२ वर्षीय जीतबहादुर चापागाईं, मकवानपुरको मनहरी गाउँपालिका– ४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान रहेका छन् ।
नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बसिरहेका उनीहरुलाई ६०२ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०८० असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








