विश्व लगानी कर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्ड प्रभातफेरी

काठमाडौं । धितोपत्र बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ ।

शनिवार काठमाडौंमा बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो ।

विश्व लगानी कर्ता सप्ताहको छैटौं दिनमा आयोजित प्रभातफेरी कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गरेका भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समाप्त भएको छ ।

लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानी को आधार भन्ने नाराहित यस पटक विश्व लगानी कर्ता सप्ताह मनाइँदै छ ।

बोर्डले सो अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =