प्रेम र द्वन्द्व मिश्रित चलचित्र ‘वानर सेना’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’ को प्रिमियम शो भएको छ ।

शुक्रवार काठमाडौँमा प्रिमियम शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ ।

अर्पण गिरीले निर्देशन गरेका चलचित्रमा उनीसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको प्रिमियम शोपछि बोल्दै अभिनेता एवं शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताए ।

निर्देशक गिरीले नै लेखेका चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रविण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *