लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन दाहालको माग
२०८० असोज १९ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लिङ्देनले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीय सदस्यले राजा शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्,’ उनले सभामुखलाई भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले राजावादीहरूको कुन गतिविधिले धार्मिक सद्भाव बिथोल्न लागेको हो भन्ने प्रश्न गरेका थिए ।
लिङ्देनले ज्ञानेन्द्र शाहको नाम लिँदा पूर्वराजा भनेका थिएनन् ।
२०८० असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








