‘विधायन सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेस गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गरे ।

विधायन सम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए ।

उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायन सम्बन्धी विधेयक, २०८० तयार पारेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =