‘गठबन्धनको सरकार सामाजिक न्याय विपरित हिँड्यो’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले वर्तमान गठबन्धनको सरकार सामाजिक न्याय विपरित हिँडेको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले नागरिकका पीडालाई मलम लगाउने भन्दा पनि थप पीडा थप्ने काम गरेको बताएका हुन् । उनीहरुले पछिल्लो समय सरकारले गरेको गतिविधि न्याय र संविधान विपरित रहेको पनि आरोप लगाएका छन् ।
उनीहरुले सरकारले भ्रष्टाचारलाई निर्मुल बनाउने भने पनि भ्रष्टाचार मौलाउँदै गएको बताए । राष्ट्रिय सभासदस्य विना पोखरेलले विकास निर्माणका काममा ढिलासुस्ति र ठेक्कापट्टाको नाममा कमिसन,मन्दिरको भेटीमा घोटला,कर छली,करको दर हेरफेरमा चलखेल,हरेक वर्ष अर्बौंको बेरुजु र राजनीतिक मेलमिलाप रहेको बताइन् ।
उनले सरकारले भष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिएसम्म भष्टाचारको अन्त्य हुन नसक्ने बताइन् । उनले राजनीतिक स्वच्छ नबनेसम्म मुलुकको भष्टाचारको जालो उखेल्न नसकिने अवस्था रहेको पनि बताइन् ।
उनले पछिल्लो समय नेपाली समाजले समेत भ्रष्टाचारलाई प्रोसाहित गरिहेको बताइन् । उनले नेपालको निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको भन्दै निर्वाचन एउटा पर्व भएपनि ठूलो व्यापार जस्तो बनेको दाबी गरिन् ।
उनले निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक प्रणाली लागू गरे मात्रै राजनीतिक भष्टाचार नियन्त्रण गर्न सकिने बताइन् ।
उनले भनिन्–,‘विकास निर्माणका काममा ढिलासुस्ति र ठेक्कापट्टाको नाममा कमिसन,मन्दिरको भेटीमा घोटला,कर छली,करको दर हेरफेरमा चलखेल,हरेक वर्ष अबौंको बेरुजु र राजनीतिक मेलमिलाप राम्रोसँग भएको देखिन्छ । सरकारले जबसम्म भष्टाचार गर्नेलाई राजनीतिक संरक्षण गर्ने कामको अन्त्य हुन्न । राजनीतिक स्वच्छ बन्दै तब सम्म मुलुकको भ्रष्टाचारको जालो उखेल्न सकिँदैन । हाम्रो समाजले पनि भ्रष्टाचारलाई प्रोसाहित गरिहेको छ । नेपालको निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको छ । निर्वाचन आयोगले जतिसुकै अंक तोके पनि सीमा भित्र रहेर कसैले निर्वाचन लड्न सक्दैन । निर्वाचन एउटा पर्व हो तर ठूलो व्यापार जस्तो बनेको छ । निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक प्रणाली लागू गर्ने हो भने राजनीतिक भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’
राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले कोशी प्रदेशको नाम राखेपछि पहिचानका नाममा सत्ताधारी दलहरुले भित्रभित्रै उचाल्ने गर्ने काम गरेको बताए ।
उनले सत्ता गठबन्धनले उचाल्दा उचाल्दै त्यो कोशी धरान,सर्लाही हुँदै नेपालगञ्जसम्म जातजाती नभएर धार्मिक युद्ध हुने अवस्थामा मुलुक पुगेको बताए ।
उनले सरकारको कमजोरीको कारण संविधान र अहिलेको व्यवस्था माथि प्रश्न उठाइ रहेको बताए । उनले २९ जनाले न्यायधीशको लागि परीक्षा दिँदा एक जना मात्रै पास हुन्छन् तर न्यायधीश नियुक्त उनीहरुबाट नै छनोट हुने बताए ।
उनले सरकारले अलोकतान्त्रीक निर्णयहरु गरेको भन्दै द्वन्द्व बढाउन खोजेको बताए ।
उनले सत्ता गठबन्धन सरकार नै अहिलेको व्यवस्था र संविधानको खिलाभमा जान खोजेको आरो लगाए ।
उनले भने–,‘कोशी प्रदेश सरकारले प्रदेशको नाम राख्यो । संसदले कोशी नाम राखेपछि पहिचानका नाममा सत्ताधारी दलहरुले भित्रभित्रै उचाल्ने काम ग¥यो । उचाल्दा उचाल्दै त्यो आज कोशी धरान,सर्लाही हुँदै नेपालगञ्जसम्म जातजाती नभएर धार्मिक युद्ध हुने अवस्थामा मुलुक पुग्यो । कफ्र्य लगाउनु पर्ने अवस्था भइसक्यो । संविधान र अहिलेको व्यवस्था माथि प्रश्न उठाइ रहेका छन् । त्यसप्रति सरकारको कुनै चासो छैन । २९ जनाले न्यायाधीशको लागि परीक्षा दिँदा एक जना मात्रै पास हुन्छन् । तर न्यायधीश सबैले बुझ्छन् । हामीले चलाउन खोजेको व्यवस्था यही हो ? हाम्रो संविधानले यही भन्छ । सरकारले यस्ता अलोकतान्त्रीक निर्णयहरु किन गर्छ । द्वन्द्व बढाउन सरकार किन चाहन्छ । अमन चयन गर्न सरकार किन लागी पदैन । सत्ता गठबन्धन सरकार नै अहिलेको व्यवस्था र संविधानको खिलाभमा जान खोजेको होइन ? हरेक मानिसहरुले प्रश्न उठाइरहेका छन् ।’
त्यस्तै,राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारले संविधान दिवसको दिन ऐतिहासिक काम गरे भनेपनि गलत काम गरेको बताइन् ।
उनले फौजदारी अपराधमा संलग्न व्यक्तिहरुलाई एसिड आक्रमण गर्ने व्यक्तिहरुलाई खुकुरी प्रहार गर्ने अपराधीलाई आममाफी दिने काम गरेको भन्दै त्यस्तो गर्नु संविधान र कानूनको बर्खिलाप भइको बताइन् ।
उनले सरकार आफैले संविधान र कानूनको औचित्य रहेको पुष्टि गर्न खाजेको आरोप लगाइन् । उनले एसिड आक्रणमा परेकी मुस्कान खातुनको घाउ निको नहुँदै अपराधी छुट्नु सरकार पीडितलाई कमजोर बनाउने काम गरेको बताइन् ।
उनले सामाजिक न्यायको विपरित सरकार हिँडिरहेको भन्दै यो गठबन्धन यसैको लागि हो भन्दै प्रश्न गर्नि ।
उनले भनिन्–,‘सरकारले संविधान दिवसको दिन ऐतिहासिक काम गरे भनेको होला । फौजदारी अपराधमा संलग्न व्यक्तिहरुलाई एसिड आक्रमण गर्ने व्यक्तिहरुलाई खुकुरी प्रहार गर्ने अपराधीलाई आममाफी दिने काम गरेको छ । संविधान र कानूनको बर्खिलाप गरेको छ । संविधान र कानूनको औचित्य रहेको छैन । एसिड आक्रणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन । तर अपराधी छुटी सकेको छ । यसले समाजमा नकारात्मक प्रभाव परेको छ । सामाजिक न्यायको विपरित सरकार हिँडिरहेको छ । पीडितहरु झन पीडित भइरहेका छन् । के यो गठबन्धन यसैको लागि हो । महँगीको कारण जनताको चलो बल्न नसक्ने अवस्था सिर्जना भएको छ ।’
उनले महँगीको कारण जनताको चलो बल्न नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकारको मौन रहेको बताइन् ।








