युवा बेच्ने, नेता बाँच्नुपर्ने देश बन्दै गएको हो ? : तेजुलाल चौधरी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले नेपालमा धार्मिक तथा सांस्कृतिक सद्भाव भत्काउने कार्य भइरहेको बताएका छन् ।
उनले नेपालमाथि विनाशकारी षड्यन्त्रको कालो बादल मडारिएको बताए । उनले सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएर जनता उचाल्नेको बिगबिगी भएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए ।
उनले भने ‘नेपालमाथि भयङ्कर विनाशकारी षड्यन्त्रको कालो बादल मडारिँदै छ । विभिन्न बाहानामा हामी नेपालीहरूको धार्मिक, सांस्कृतिक सद्भाव, विश्वास भत्काउने कार्य हुँदैछ । हाम्रो देशको शान्ति र अमनचयन धम्क्याएर थर्थर काँप्दै छन् । अपराधिका तलवारहरू संविधान र कानुनको बुई चढेर जनताका घाँटी काट्दै छन् । भ्रष्टाचार, महँगी, कालोबजारी र दलालहरूको बखान गरेर साध्य छैन । सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएर सोझा जनता उचाल्नेको बिगबिगी भएको छ । के हाम्रो देश अब हिंसा भड्काउने ? काटमार मच्चाउने, युवा बेच्ने, नेता बाँच्नुपर्ने देश बन्दै गएको हो ?’
उनले अपराधिका तलवारहरू संविधान र कानुनको बुई चढेर जनताका घाँटी काटेको बताए । उनले हाम्रो देश हिंसा भड्काउने, काटमार मच्चाउने देश बन्दै गएको हो भनेर प्रश्न गरे ।








