यस्तो छ आजको संसद् बैठकको कार्यसूची
२०८० असोज १८ गते

फाइल फोटो
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक २०८० पेस गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

२०८० असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








