इन्जिनियर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडको बिगो माग
२०८० असोज १७ गते

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
अख्तियारले २०४६ असार ३० गते सेवा प्रवेश गरेका उनको २०७९ कात्तिक ६ गतेसम्मको आय व्ययको विश्लेषण गरेको थियो ।
उनको अस्वभाविक जीवनयापन, हैसियत भन्दा बढी रकम बराबरको शेयर, जग्गा खरिद गर्नुका साथै घर बनाएको, बैंक तथा वित्तीय संस्थामा रकम राखेको पाइएको अख्तियारले बताएको छ ।
विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन परेको पुष्टि भएको उल्लेख छ ।
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








