लोसपा केन्द्रीय समितिको बैठकमा के भयो छलफल ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकमा नेताहरूले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
बुधवार काठमाडौँमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताए । उनले तल्लो इकाइसम्म आफ्नो भूमिका र सङ्गठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताए ।
उनले भने ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठक दुई दिन बस्यो । पार्टीका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टीले कसरी तल्लो इकाइसम्म आफ्नो भूमिका, वडासम्म आफ्नो सम्बन्ध बिस्तार गर्छ, कसरी सङ्गठन निर्माण, सुधार र मजबुत बनाउँछ, त्यसको बारेमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सविस्तार छलफल भयो ।’
नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सविस्तार छलफल भएको पनि बताए ।








