नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए ।

उनले उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको बताए । उनले नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासङ्घले नगरी अरूलाई भारतले नचिन्ने बताए ।

मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि नेपाली उत्पादित सुपारीको बजार भारत नै भएको बताए । उनले भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गर्ने तयार रहेको उल्लेख गरे ।

उनले नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न नसक्ने भन्दै नेपाली सुपारीको बजार नेपाल नभएको दाबी गरे । उनले भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार रहेको बताए ।

मन्त्री रिजालले बाहिरबाट नेपालमा सुपारी निर्यात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न नपाउने भएकाले समस्या रहेको बताए ।

उनले भने ‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासङ्घले नगरी अरूलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो । भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गरेर हुन्छ भने गर्न सक्छौँ । नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो । भारतको अदालतले निर्यात गर्न दियो । भारत भन्सारले बारम्बार समस्या आइरहेको छ । उहाँहरूको भनेको नेपालको बिग्रेको सुपारीको बजार हो । नेपालको गुट्का उद्योगहरूको १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । उक्त सुपारीको नेपालको बजार होइन जस्तो बुझेको छु । भारत निर्यातको लागि भारत सरकारसँग सहजीकरणको लागि पत्र लेख्न पनि तयार छौँ । मन्त्रालयसँग बसेर सकिने विषयमा मिनी संसद ठूलो निकायमा व्यवसायीहरू आउनु भयो । बाहिरबाट सुपारी निर्यात गर्नुपर्ने बाध्यता छ । नेपाल डब्लुटिओको पनि सदस्य भएकाले विना कुनै कारण कुनै वस्तु आयात रोक्न पाउँदैन भन्छ । नेपालको उद्योगहरूले १० हजार मानिसहरूलाई रोजगारी दिएको छ । सुपारी निर्यात नगर्दा १० हजार मानिसहरू बेरोजगार हुन्छन् । उद्योग बन्द हुन्छ । मन्त्रालयमा आउनुस् सरकार सहजीकरण गर्न तयार छ । केही व्यवहारिक अप्ठ्यारा पनि छन् ।’

उनले नेपालको उद्योगहरूले १० हजार मानिसहरूलाई रोजगारी दिएको भन्दै सुपारी आयात रोक्दा १० हजार मानिसहरू बेरोजगार हुने सम्भावना रहेको बताए । उनले नेपालमा उत्पादित सुपारी भारत निर्यातको लागि सरकार सहजीकरण गर्न तयार रहे पनि केही व्यवहारिक अप्ठ्यारो रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =