काँग्रेस सभापति देउवा बिरामी, भेटघाट बन्द
२०८० असोज १७ गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरामी भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले विगत तीन दिनदेखि भेटघाट बन्द गरेका छन् ।
बिसन्चो भएकोले सभापति देउवा निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘रुघाखोकी लागेको छ, ठूलो समस्या छैन,’ उनले भने, ‘बिहीबारदेखि नेता कार्यकर्ताहरूसँग भेटघाट सुरु गर्नुहुन्छ।’
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








