मेलम्चीको बाढीले अस्थायी पुल र सडक बगायो
२०८० असोज १७ गते

सिन्धुपाल्चोक । लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । गएराति आएको बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्। वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए ।
त्यस्तै बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । रासस
२०८० असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








