सुन प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीले लियो बयान

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई बयान कागज गराएको छ।
सीआईबीका उच्च अधिकारीले महरासँग सोमबार सीआईबीमा उपस्थित भएर यो प्रकरणमा बयान कागज गरेको पुष्टि गरे।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो। सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो।
यो प्रकरणमा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका थिए।
तर कल डिटेल्स रिपोर्ट ९सीडीआर० अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा कृष्णबहादुर महराले दुई जना चिनियाँ सुन तस्करसँग पटक पटक कुराकानी गरेको पाइएको छ।








