सांसदहरूलाई बोल्ने दिने कुरामा विभेद हुनुहुँदैन : जनार्दन शर्मा

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्न दिने समयमा विभेद गरेको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति सङ्केत गर्दै उनले संसदमा सांसदहरूलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए । मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरूले बोल्ने बेलामा माइक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए ।

उनले सबै सांसदहरूले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताए ।

उपमहासचिव शर्माले भने ‘सभामुख महोदय सार्वभौम संसदका म यदि सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ । मैले पनि धेरै कुरा भन्नु छ । त्यसकारण मेरो माइक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु । किनभने मैले पनि धेरै कुराहरू दिनुछ यहाँ । मैले पनि भन्न पाउनु पर्छ । मजस्ता धेरै माननीयज्यूहरूले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु । र, यहाँ विभेद हुनुहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु । ’

उपमहासचिव शर्माले मुलुकमा जातीय/धार्मिक द्वन्द्व फैल्याउने काम भईरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भीर कदम चाल्न सरकारलाई पनि सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =