नेपालगन्जमा सद्भाव कायम राखौँः धवलशम्शेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद राणाले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह गरेका छन् ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ । यस विषयमा संसदमा कुरा राख्दै राणाले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ । हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

उनले शान्तिपूर्ण विरोध गर्न पनि आग्रह गरेका छन् । ‘हाम्रो सद्भावको सहरमा दुई समुदाय संयम अपनाइदिनुहोला,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =