तनावग्रस्त नेपालगञ्ज, अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव ¥याली पनि निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =