दिगो, लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माण गर्न जरुरीः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको बिरुद्धमा आवाज उठिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमँ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले एशियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताए ।

उनले शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘दक्षिण एशिया शान्तिको पवित्र स्थल हो । आज भन्दा २६ सय वर्षअघि गौतम बुद्धले यहीँबाट शान्तिको सन्देश छर्नुभयो । त्यसको उत्तराधिकारीको रुपमा महात्मा गान्धी २४ सय वर्षपछि उहाँ हुनुहुन्थ्यो । शान्तिक अग्रदुत जन्मिएको यो दक्षिण एशियामा हामीले शान्तिलाई किन कल्चर बनाउन सकेका छैनौँ ? किन असहिष्णुता बढ्दै गएको होला ? झन पछिल्लो समय विज्ञान र प्रविधिमा जुन ढंगको तिब्र विकास भएको छ, यसले जुन ढंगको असहिष्णुता अराजकता बढाएको छ, असहिष्णु कल्चर विकास हुन थालिरहेको छ, यसका जरा के होलान् ? दक्षिण एशिया यस्तो त नहुनुपर्ने हो । गणतन्त्र आएको १६ वर्ष बित्दा नबित्दै समाजमा जुन ढंगको असन्तुष्टि व्यक्त भइरहेको छ, यसलाई गलत दिशातिर लैजाने, लोकतन्त्रकै बिरुद्ध, राष्ट्रिय एकताकै बिरुद्ध प्रयोग गर्न खोज्ने खालका प्रवृत्तिहरु देखापर्दै छन् । यसमा हामी शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी हुन्छ ।’

नेता ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =