दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यकः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताए ।

सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताए ।

उनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी छ । संक्रमणकालीन न्यायसम्बन्धी कामहरु रहेका छन् । विगतमा हामी मुख्य पार्टी कोही सत्ता पक्षमा र कोही प्रतिपक्षमा हुन्थ्यौँ, आज पनि हामी त्यही रुपमा छाँै । किनभने दलीय व्यवस्थामा यो स्वभाविक हो । आज हाम्रो जिम्मेवारी मुख्य राजनीतिक दलको जिम्मेवारी हामी आफू मिल्यौँ, राजनीतिक दलहरु चुनावमा मिल्यौँ, सरकार र संसदमा मिल्यौँ, संविधान निर्माण ग¥यौँ, हामी समाजमा पनि मिलेका छौँ । तर विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनताको विभिन्न तह छ, जसलाई हामी सबै मिलेर न्याय दिनुपर्छ । स्थायी शान्ति र दीर्घकालीन वातावरणमा जाने अवस्था बनाउनु छ । हामी मुल राजनीतिक पार्टीहरुलाई सरकारमा रहेका, प्रमुख प्रतिपक्षलाई पनि प्रश्न छ, हामीमाथिको प्रश्न राजनीतिक दल र नेताहरुले प्रश्नलाई सकारात्मक जवाफ दिनुपर्छ ।’

नेता पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =