चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित २ जना पक्राउ
२०८० असोज १५ गते

सांकेतिक तस्बिर
झापा । अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।
उनीहरूले शङ्कास्पद अवस्थामा उक्त मोटरसाइकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो ।
मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाईनगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








