सहकारी संस्थाबाट १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्युठान । मल्लरानी गाउँपालिका–३ सालठाटीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार उक्त लिमिटेडको च्यानलगेटमा लगाएको ताला फोडी कार्य सञ्चालन गर्ने काउन्टर, लेखा कोठा र अध्यक्ष कक्षमा रहेका सेफ सहित तोडफोड गरेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले चोरीमा हाल संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =