नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

काठमाडौँ । नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने भएको हो ।

महाधिवेशनको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीलेलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =