प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफलः सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीको चिन भ्रमण औसत भन्दा सफल रहेको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल रहेको बताएका हुन् ।
उनले भ्रमणलाई असफल भन्नु नहुने बताए ।
उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरु बढी उठाउनुभएको बताए ।
राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग हुनुभएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताए ।
उनले भने – ‘यस पटकको भारत, चिन र अमेरिकाको भ्रमणको क्रममा एउटा समान रुपमा के कुरा देखिएको छ भने प्रधानमन्त्रीले आर्थिक र वातावरण सम्बन्धी मुद्दाहरु, भाइचारा, संस्कृति सम्बन्धी मुद्दाहरु धेरै उठाउनुभएको छ । राजनीतिक मुद्दाहरुमा अलि सजग भएको हो कि भन्ने पाइएको छ । तिनवटै भ्रमणमा । त्यसलै गर्दा सम्भवतः राजनीतिक रुपमा उहाँ कुनैपनि जोखिम लिन चाहानुहुन्न । तसर्थ यस्तो सम्वेदनशील मुद्दा उठाउनुभएन भन्ने भ्रमणको उहाँको स्वार्थ देखिन्छ त्यहाँ । तर हामी सोध्ने छौँ नक्साको बारेमा किन बोल्नुभएन तपाईले चिनमा भनेर । यो भ्रमणलाई औसत भन्दा सफल भन्न सकिन्छ । यो असफल होइन । असफल भन्न सकिदैनँ अहिलेको अवस्थामा ।’
उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्शाको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताए ।








