मनकामना केबलकार २ दिनका लागि बन्द रहने
२०८० असोज १४ गते

काठमाडौँ । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
यही असोज १७ गते बुधवार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।
नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने बताएको छ ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।
केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रवार देखि पुनस्सञ्चालनमा आउने बताइएको छ ।
२०८० असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








