अनमोल केसीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।

आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको बताएका छन् । तर केसीले चाहिँ आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताएका छन् ।

पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *