‘सरकारले द्रुत बस सेवा आवरुद्ध हुने वातावरण बनायो’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गरेका छन् ।
आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो माग गरे ।
उनले नेपालीहरुको महान चाडपर्वको मुखमा आएर खानपकाउने ग्यास तथा पेट्रोलिय पदार्थको मूल्यवृद्धि गर्नु गलत भएको बताए ।
उनले चाडपर्व लक्षित सरकारले नै सडक व्यवस्थापन र सहुलियत दिनु पर्नेमा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेक्नेगरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको बताए ।
उनले पेट्रोलिय पदार्थमा सरकारले गरेको मूल्यवृद्धि अविलम्व रुपमा फिर्ता लिनुपर्ने दोहो¥याए ।
सिटौलाले १२ रुपैयाँ डिजेलमा मात्रै मूल्यवृद्धि भएको भन्दै तत्काल सार्वजनिक सवारी साधनको पनि तत्काल मूल्य समायोजन गर्नुपर्ने बताए ।
उनले भने,‘चाडपर्व नजिकिए पनि सबै तिरका मुख्य सडकहरु अस्तव्यस्त रहेका छन् । सरकारले दशैँअघि नै सडकहरुको व्यवस्थापन गर्नपर्छ । तर चाडपर्व लक्षित सरकारले नै सडक व्यवस्थापन र सहुलियत दिनु पर्नेमा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि अविलम्व रुपमा फिर्ता लिन आग्रह छ । सरकारले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विषयमा विद्यार्थी संगठन,उपभोक्तावादीहरु त्यत्तिकै बस्न हुँदैन । १२ रुपैयाँ डिजेलमा मात्रै मूल्यवृद्धि भएको छ । तर सरकारले यातायातको सवारी भाडा स्वचालित मूल्य अनुसार समायोजन गरेको छैन । असोज ३ गते देखि रत्नपार्क – सूर्यविनायकसम्म सञ्चालनमा आएको दु्रत बस सेवा ट्राफिक र सडक व्यवस्थापन सचेतना यात्रु सवारी चालकले बाटो छेकेर दु्रत बससेवा पनि आवरुद्धको वातावरण बनेको छ । सार्वजनिक सवारी साधनलाई एम्बुलेन्सको रुपमा राखिने हो भने नेपालमा उत्कृष्ट यातायात बनाउँछौं ।’
उनले चाडपर्व नजिकिए पनि सबै तिरका मुख्य सडकहरु अस्तव्यस्त रहेको भन्दै सरकारले दशैँअघि नै सडकहरुको व्यवस्थापन गर्न माग गरे ।
उनले असोज ३ गतेदेखि रत्नपार्क – सूर्यविनायकसम्म सञ्चालनमा आएको दु्रत बस सेवा आवरुद्ध हुने वातावरण बनेको बताए ।








