एमाले बागमती प्रदेशको अधिवेशनमा १ हजार १३५ जनाले गरे मतदान, राति नै मतपारिणाम आउने

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा १ हजार १३५ जनाले मतदान गरेका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ः३० बाट सुरुभएको मतदान राति ८ बजे सम्पन्न भएको हो।

विद्युतीय मतदान भएकाले राति नै मतपारिणाम आउने छ।

११६८ मतदाता रहेको निर्वाचन प्रक्रियामा ३२ जना अनुपस्थित रहे।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबिच प्रतिस्पर्धा भएको छ।

सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा चलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =